हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं,०९ फागुन ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १६ पैसा र बिक्री दर १२० रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ९२ पैसा र बिक्री दर १३५ रुपैयाँ ६० पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ९६  पैसा र बिक्री दर १६२ रुपैयाँ ७८ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५  रुपैयाँ ४९ पैसा र बिक्री दर ८५ रुपैयाँ ९२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ९२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्री दर १० रुपैयाँ ४१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८४ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको एक राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ७६ पैसा र बिक्री दर ३१ रुपैयाँ ९२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५३ पैसा र बिक्री दर ३२ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नाै रुपैयाँ ९७ पैसा  एक पैसा र बिक्री दर १० रुपैयाँ दुई  पैसा कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्