८ हजार बढिको परीक्षणमा ३८८ नयाँ सङ्क्रमित थप:१२०५ संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर ८ हजार १४० नमुना परीक्षण गर्दा ३ सय ८८ जना नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै थप १२ सय ५ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ११ हजार २८२ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आईतबार ५ हजार २२५ जनाको पीसीआर गर्दा २४७ जना र २ हजार ९१५ जनाको एन्टिजेन परिक्षणमा १४१ गरी ३ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आईतबार २ सय ६२ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १४ हजार ५४४ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५२ हजार ५९९ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९२५ पुगेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्