हरेक पालिकामा केन्द्रीय सदस्य नेतृत्वको मुल समिति बनाउन प्रचण्डको चुनावकेन्द्रित सर्कुलर(पूर्णपाठ)

काठमाडौं,०९ फागुन।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय चुनावबारे आन्तरिक सर्कुलर जारी गरेका छन् ।

प्रचण्डले गत ४ फागुनमा प्रदेश समिति इन्चार्ज र अध्यक्षहरूलाई सम्बोधन गर्दै जारी गरेको सर्कुलरमा स्थानीय चुनावका लागि प्रत्येक पालिकामा केन्द्रीय सदस्य वा वरिष्ठ नेताको नेतृत्वमा मूल परिचालन समिति बनाउनुपर्ने उल्लेख छ ।

त्यस्तै ‘निर्वाचनको तयारीलाई व्यवस्थित गर्न तत्काल वडास्तरमा संगठित सदस्यहरू, जबस मोर्चा र पेशागत संगठनका नेताहरू, पार्टी समर्थक बुद्धिजीवि र विषय विज्ञहरूसम्मिलित निर्वाचन परिचालन समिति बनाउने’ निर्देशन समेत गरिएको छ ।

मूल परिचालन समितिले अध्ययन सर्भेक्षण तथा विश्लेषण, स्वंसेवक परिचालन, सूचना सञ्चार तथा प्रचार व्यवस्थापनसम्बन्धी उपसमितिहरु बनाउनु पर्ने छ। त्यस्तै हरेक वडाको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको संक्षिप्त रिपोर्ट तयार गनुपर्नेछ ।

चुनावकेन्द्रित रणनीति बनाउन फागनु १२ गते सम्म जिल्ला समन्वय समिति र १५ गतेसम्म नगर/गाउँपालिका समितिको बैठक बसिसक्नुपर्ने छ। फागुन २० गतेसम्म वडा समितिहरूको बैठक बसी जनभेला तथा जनभेटघाट, संगठन सुदृढीकरण र विस्तारको योजना बनाइ कार्यान्वयनमा लैजानुपर्ने छ ।

पार्टीमा प्रवेश अभियान चलाइ प्रवेश गर्नेहरूलाई उपयुक्त जिम्मेवारी दिने तथा सबै वडा र टोलहरूमा पार्टी कार्यालय वा सम्पर्क कार्यालय खोल्नुपर्ने निर्देशन पनि परिपत्रमा छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्