साउथ सुपरस्टार अल्लु अर्जुनको ’पुष्पा’ले पायो इन्टरनेशनल अवार्ड

एजेन्सी, १० फागुन ।

दादासाहेब फाल्के इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ आइतबार मुम्बईमा सम्पन्न भएको छ । जसमा दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ब्लकबस्टर हिट फिल्म ‘पुष्पाः द राइज’ वर्षको उत्कृष्ट फिल्म बनेको छ ।योसँगै भारतीय क्रिकेट टोलीको विश्वकप जितमा बनेको फिल्म ‘८३’का लागि रणवीर सिंहलाई उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । चलचित्र ‘मिमी’का लागि अभिनेत्री कृति सेनन सर्वोत्कृष्ट अभिनेत्री चुनिएकी छन् ।

दादासाहेब फाल्के अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा शेर शाहले उत्कृष्ट फिल्मको अवार्ड जितेका छन् । फिल्म कारगिल युद्धमा शहीद भएका क्याप्टेन विक्रम बत्रामा आधारित छ । महोत्सवमा राधिका मदन, रविना टण्डन, मनोज बाजपेयी, आहान शेट्टी, कियारा आडवाणी र सिद्धार्थ मल्होत्रालाई पनि विभिन्न अवार्ड प्रदान गरिएको थियो । विभिन्न विधामा दिइएका पुरस्कारहरूको पूर्ण सूची यहाँ हेर्नुहोस्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्