युक्रेन संकटले तेलको मूल्य झन् बढ्यो, नेपाललाई कस्तो असर पर्ला ?

एजेन्सी, १० फागुन ।

युक्रेन संकटले विश्व राजनीतिक नै तरंगित भएको छ । रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएसँगै उक्त देश विभाजित भएको छ । यद्यपि, संयुक्तराष्ट्रसंघका अलावा विश्वका धेरै देशहरुले मान्यता दिएका छैनन् ।युक्रेनको स्वतन्त्र घोषित दुई क्षेत्रको भूभागमा रुसी सेना पस्ने गरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आदेश दिइसकेका छन् । यसपछि अमेरिका, बेलायतलगायत नाटो देशहरुले आक्रामक रणनीति बनाउँदैछन् । यूरोप युद्धमा धकेलिएको छ ।

युक्रेन संकटले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढ्ने आँकलन गरिएको छ । यसै पनि तेलको मूल्य प्रति ब्यारल सय डलर नजिक पुगिसकेको छ । अयलप्राइस डट कमले तेलको मूल्य प्रतिब्यारल सय डलर पुगेर निश्चित समय स्थिर रहने आँकलनगरेको छ ।

तेल आपूर्तिको जञ्जालमा असर पर्ने भन्दै बीबीसीले मूल्य वृद्धिको सम्भावना औल्याएको छ । तेलको मूल्य प्रतिब्यारल ९७ डलरसम्म पुगेको छ । वृद्धि निरन्तर भइरहेको देखाएको छ ।

तेलको मूल्य झन् बढेबाट नेपालले पनि संकटको सामना गर्नुपर्ने देखिदैछ । नेपाल आयल निगम प्रति महिना ५ अर्ब घाटामा छ । अब घाटा झन् बढ्न जाने अवस्था बनेको छ । नेपालको विदेशी मुद्रा संचिती पनि घट्न सक्छ । केही महिनाको अन्तरालमै तेलमा देशले दोब्बरभन्दा बढी रकम खर्च गर्नु परेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्