पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

काठमाडौं । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दर्ता गरेकी हुन् । 

गण्डकी प्रदेश प्रहरीका अनुसार म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लागेको छ । 

समीक्षा एक महिना अघि आफूमाथि शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर, कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो ।

कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो। 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्