आज बस्ने संसद् बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई आज बस्ने संसद् बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको पक्षमा रहेको कांग्रेसले ५९ सांसदलाई मोबाईलमा एसएमएस पठाएर एमसीसीको पक्षमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ ।

६३ जना सांसद मध्ये दुई जना उपचारका लागि नेपाल बाहिर रहेको र दुई जना सांसद निलम्बनमा परेका कारण कांग्रेसले ५९ जनालाई निर्देशन पठाएको हो ।

सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि आफ्ना सांसदहरूलाई आजको प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

एमसीसीको पक्षमा रहेको लोसपाले आफ्ना १३ जना सांसदलाई एमसीसीको पक्षमा आजको बैठकमा अनिवार्य उपस्थित रहन निर्देशन दिएको हो । एमसीसी गत आइतबारको संसद् बैठकमा टेबल भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्