संसद् बैठक भोलिसम्म स्थगित

प्रधानमन्त्रीको आग्रहमा संसद बैठक भोलिसम्म स्थगित भएको छ। 

बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो। 

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेपछि सभामुख अग्नि सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

प्रधानमन्त्रीको आग्रहबारे सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकमा जानकारी दिएको जनता समाजवादी पार्टीका सांसद बाबुराम भट्टराईले जानकारी दिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्