धादिङमा आज दुईजनामा कोरोना संक्रमण पुष्टि,दुईजना संक्रमण मुक्त

धादिङमा बिहिबार दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुईजना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा गरिएको ६ एण्टीजेन परिक्षणमा गजुरी गाउँपालिकाका २ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

जिल्लामा हाल सक्रिय संक्रमित ३० जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९२ पुगेको छ।संक्रमित मध्ये ९ हजार ३९८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्