रोकिराखेको माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाण्डौको थानकोटमा रोकिराखेको माइक्रोमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

गएराति ११ बजे चन्द्रागिरि नगरपालिका ७ मा सडक छेउमा रोकिराखेको बा २ ख ७०४९ नम्बरको माइक्रोमा प्रदेश ३–०२ ०११ प २९१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलका चालक २६ वर्षका आकाश रानाभाटको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँको ठेगाना खुल्न बाँकी छ।रानाभाटको उपचारका क्रममा राति साढे ११ बजे शहीद मेमोरियल अस्पताल कलङ्कीमा ज्यान गएको प्रहरीले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्