विश्वभर थपिए १६ लाख बढी कोरोनाका नयाँ संक्रमित, ८३ सयको मृत्यु

काठमाडौं  । पछिल्लो चौबिस घण्टामा विश्वभर १६ लाख १० हजार २८७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोनाका कारण ८ हजार ३५९ जनाले ज्यान गुमाएका छन् । 

वल्डोमिटर्सका अनुसार योसँगै विश्वमा कूल कोरोना भाइरस संक्रमितको संख्या ४३ करोड ३२ लाख ९७ हजार २१० पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ५९ लाख ५६ हजार ३२५ जनाको मृत्यु भएको छ । 

पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित जर्मनी, दक्षिण कोरिया र रुसमा थपिएका छन् । उक्त अवधिमा जमर्नमा १ लाख ९३ हजार ९९, दक्षिण कोरियामा १ लाख ६५ हजार ८८९ र रुसमा १ लाख २३ हजार ४६० जनामा संक्रमण पुष्टी भएको छ । 

बितेको चौबिस घण्टामा कोरोनाका कारण विश्वमा ८ हजार ३५९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अमेरिकामा १ हजार ८५३, रुसमा ७८७, भारतमा २५४, ब्राजिलमा ७८१, फ्रान्समा १८८, बेलायमा १२०, जर्मनीमा २३५, टर्कीमा २६६, इटालीमा १९३ र स्पेनमा २४८ जना रहेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्