अपडेट:आज १११ नयाँ सङ्क्रमित ४१५ संक्रमित डिस्चार्ज,एकजनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ७१० नमुना परीक्षण गर्दा १११ नयाँ सङ्क्रमित थपिएका छन्।यस्तै थप ४ सय १५ संक्रमित डिस्चार्ज भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ८ हजार ५१७ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ६ हजार ४८६ जनाको पीसीआर गर्दा ९४ जना र ३ हजार २२४ जनाको एन्टिजेन परिक्षणमा १७ गरी १११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले आज प्रेस ब्रिफिङका क्रममा बताउनुभएको हो।

शनिबार १५५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १५ हजार ८९२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५६ हजार ४१३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९३५ पुगेको मन्त्रालयकी प्रवक्ता डा.मिश्राले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्