धादिङका थप एकजना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा १० एण्टिजेन परिक्षण गर्दा सबै नेगेटिभ आएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्लामा हाल सक्रिय संक्रमित ११ जना बाँकी रहेका छन्।संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९२ पुगेको छ।संक्रमित मध्ये ९ हजार ४१७ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।