पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेकाे छ । आइतबार साँझसम्म याे प्रणालीकाे सामान्य प्रभाव रहे पनि साेमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्