आज ८ हजार ३४१ को परीक्षणमा सङ्क्रमणदर १.२ प्रतिशत,थप ४ सय संक्रमित निको

नेपालमा दैनिक कोरोना सङ्क्रमणदर घटदै गएको छ।

आज देशभर ८ हजार ३४१ जनाको परीक्षण गर्दा सङ्क्रमणदर १.२ प्रतिशत मात्र कोरोना पुष्टि भएको छ ।यो सङ्ख्या पुस महिना यताकै सबैभन्दा कम हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क केलाउँदा फागुनको ५ गतेदेखि नेपालमा कोरोना सङ्क्रमणदर पाँच प्रतिशतभन्दा तल झर्न थालेको देखिन्छ।माघ ८ गते कोरोना सङ्क्रमणदर ५० प्रतिशतसम्म पुगेको थियो । जुन नेपालमा ओमिक्रोन भेटिएपछि यताकै सबैभन्दा उच्च थियो ।

पछिल्लो २४ घण्टामा १८० नयाँ सङ्क्रमित थपिएका छन् भने ४ सय संक्रमित डिस्चार्ज भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ८ हजार २३५ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ५ हजार २१८ जनाको पीसीआर गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परिक्षणमा ६१ गरी १८० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आईतबार १११ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ७२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५६ हजार ८१३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९३५ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्