महाशिवरात्री पर्वको अवसरमा सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव(फोटो फिचर)

धादिङको सिद्धलेक(सिद्धबाबा मन्दिरमा) सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ ।महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि आकर्षित गर्ने उद्धेश्यले विविध सांस्कृतिक कार्यक्रम सहित सिद्धलेक ढेवाडाँडा समाज नेपालले आयोजना गरेकोे दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको हो।

No description available.

कार्यक्रमको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले उद्घाटन गर्नुभएको थियो। सिद्धलेक ढेवाडाँडा समाज नेपालका अध्यक्ष दिल नारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सिलवालको प्रमुख आतिथ्य तथा गाउँपालिका उपाध्यक्ष कमला शर्मा, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडाध्यक्षहरु, बिभिन्न राजनितिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधी लगाएतको आतिथ्यता रहेको थियो।

No description available.

कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु खेम सेन्चुरि, रिता रावत, विन्दा परियार लगायत स्थानीय कलाकारहरुको साथमा गोधुलि साँस्कृतिक परिवारले सांस्कृतिक प्रदर्शन गरेका थिए।मन्दिर दर्शन सँगै धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव अवलोकनको लागि दर्शनार्थीहरुको निकै भिड लागेको थियो ।

जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।

No description available.

यसैगरी आज महाशिवरात्रि पर्व धादिङसहित देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाईएको छ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने परम्परा चलिआएको हो ।

मध्यरातमा चतुर्दशी परेका दिन महाशिवरात्रि पर्व मनाउने शास्त्रीय विधान रहेको छ । वैदिक सनातन धर्मावलम्बीले वर्षमा मनाउने चारवटा रात्रिमध्ये शिवरात्रि पनि एक हो । शिवले अवतार लिएको रातलाई नै शिवरात्रि भन्ने गरिएको विश्वास गरिन्छ ।

No description available.

भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीलाई मोहरात्रि, असोज शुक्ल अष्टमी र नवमीको रातको सन्धिलाई कालरात्रि तथा तिहारको लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रिका रुपमा मनाउने परम्परा हिन्दू धर्मावलम्बीमा छ । धादिङको सिद्धलेक(सिद्धबाबा मन्दिर),गुप्तेश्वर लगाएत देशभरका शिवालयमा दर्शनार्थीको भीड लागेको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्