सरकारले यातायात व्यावसायीलाई बचाउनु पर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् ।

थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर टि्वटरमा लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यावसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोत्ता मारमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने समाधान खोज्नुस् ।

यातायात व्यावसायीहरूले आफ्नो माग पुरा नभएसम्म यातायात क्षेत्र ठप्प राख्ने चेतावनी दिइरहेका बेला थापाले यस्तो धारणा राखेका हुन ।

अनलाईन खवर बाट

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्