धादिङ अस्पतालमा एपेन्डिसाईटिक्सको अप्रेशन सफल

धादिङ अस्पतालमा एपेन्डिसाईटिक्सको अप्रेसन सेवा सुरु भएको छ ।

अस्पतालमा पहिलो पटक कन्सल्टेण्ट सर्जन डाक्टर शंकरराज लामिछानेको समुहले दोलखा जिल्ला स्थायी ठेगाना भएका र हाल मजदुरीको काम गर्दै आएका २४ वर्षका एक पुरुषको एपेन्डिसाईटिक्सको अप्रेशन सफलतापुर्वक सम्पन्न गरेको धादिङ अस्पतालका सुचना अधिकारी बिक्रम बिकले जानकारी दिनुभयो ।

सुचना अधिकारी बिकका अनुसार पुरुष अत्यधिक पेट दुखेको कारण सोमबार धादिङ अस्पताल आएका थिए । उनको डा.शंकरराज लामिछाने, डा.रामचन्द्र रिजाल र स्टाफ नर्स रुबि श्रेष्ठ लगायत ४ जनाको टिमद्धारा अप्रेसन गरिएको होे ।

अप्रेसन सफल भएपछि बिरामी अस्पतालबाट डिस्चार्ज भईसकेको सुचना अधिकारी बिकले जानकारी दिनुभयो ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्