सेमजोङ चौतारा माविका बिद्यार्थीलाई पुर्नस्थापना तथा परामर्श तालिम

धादिङको नेत्रावती डवजोङ गाउँपालिकाको चौतारा माध्यमिक बिद्यालयमा पुर्नस्थापना तथा परामर्श तालिम सम्पन्न भएको छ। बुधबार नेत्रावती डवजोङ गाउँपालिकाको आयोजना तथा धादिङ मनोसामाजिक संस्था नेपालको समन्वयमा वडा नं ३ स्थित सेमजोङमा रहेको चौतारा माध्यमिक बिद्यालयमा अध्ययनरत किशोरकिशोरीहरुलाई पुर्नस्थापना तथा परामर्श तालिम सञ्चालन गरिएको हो।

No description available.

तालिममा शिनियर मनोपरामर्शकर्ता रामकुमार थापाले मनोसामाजिक समस्या भनेको के हो ? यसको कारण लक्षण र समाधानका उपायहरु, कडा खालको मानसिक समस्या भनेको के हो र परामर्श भनेको के हो र परामर्श गर्दा ध्यान दिनुपर्ने कुराहरु के के हुन् साथै तनाव व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा बिद्यार्थीहरुलाई सहजिकरण गर्नुभएको थियो ।

No description available.

चौतारा मा.विको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर तामाङको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका शिक्षा अधिकृत देबकी सिंखडाको प्रमुख आतिथ्य तथा वडा नं ३ का वडाध्यक्ष बिजय तामाङ पाख्रिनको बिशेष आतिथ्य रहेको थियो।कार्यक्रममा शिक्षक बिद्यार्थी,बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी लगाएतको सहभागिता रहेको थियो।

तालिममा गाउँपालिकाका शिक्षा अधिकृत सिंखडाले बालबालिकामा मनोसामाजिक समस्यामा वृद्धि आएकोले मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यक्रमहरु अगाडि बढाउनु अति जरुरी देखिएको बताउनुभयो।

No description available.

तालिमपश्चात बालबालिकालाई मानसिक रोगको निदान,उपचार तथा आवश्यक आधारभुत मनोसामाजिक सहयोग र जटिल समस्या भएकाहरुलाई सिफारिस गर्न सहज हुने शिक्षा अधिकृत सिंखडाले बताउनुभयो।त्यस्तै कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष पाख्रिनले मानसिक स्वास्थ्यलाई सरकारी पक्षबाट प्राथमिकता नभएको अवस्थामा स्थानियतहबाट यस्ता कार्यक्रम प्राथमिकताका साथ संचालन गर्न सकेमा मानसिक स्वास्थ्य सेवाको पहुँच आम समुदायमा दिर्घकालिन रुपमा विस्तार हुने बताउनुभयो ।

No description available.
पछिल्लो समय मृत्युदरको भारमा नसर्ने रोगहरुकोे भार बढिरहेकोमा मानसिक रोग एक प्रमुख रोग रहेको छ ।समुदायस्तरमा मानसिक रोगको उपचारको सहज पहुँच नभएको, धेरैजसो मानसिक रोगको औषधीहरु निःशुल्क पाईने भएतापनी समुदायस्तरमा कार्यरत स्वास्थ्यकर्मिहरुलाई मानसिक स्वास्थ्य सम्बन्धि तालिम नभएको अवस्थामा सर्वसाधरणले सहरमा गएर चर्को मुल्यमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ।

No description available.

मानसिक रोगहरुसँग सम्बन्धित विभिन्न लाञ्छाना तथा विभेदको कारणले उपचारको पहुँचमा जान डराउने र उपचारको पहुँचमा पुगेकाहरुले पनि प्रभावकारी उपचारलाई निरन्तरता दिन नसकेको कारण समुदायमा मानसिक समस्या निको नहुने रोगको रुपमा बुझिने गरेको छ ।धादिङ मनोसामाजिक संस्था(डिपीओ) नेपालले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रमलाई समुदायस्तरमा संचालन गर्नका लागी पैरवी गर्दैै आइरहेको छ ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्