बिहीबार धादिङका दुई संक्रमित निको भए, सक्रिय संक्रमित ३ जना बाँकी

धादिङ,१९ फागुन ।

धादिङका थप दुई संक्रमित संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा जिल्लामा पोजिटिभ केश नदेखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

जिल्लामा हाल सक्रिय संक्रमित ३ जना बाँकी रहेका छन्। संक्रमित सबै होम आइसोलेसनमा रहेका छन् ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९३ पुगेको छ। संक्रमित मध्ये ९ हजार ४२६ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्