पछिल्लो २४ घण्टामा देशभर १०५ जनामा संक्रमण पुष्टि, ३ को मृत्यु

धादिङ,१९ फागुन ।

नेपालमा दैनिक कोरोना सङ्क्रमणदर घट्दै गएको छ । देशभर ४ हजार ९२४ जनाको परीक्षण गर्दा १०५ नयाँ सङ्क्रमित थपिएका छन् भने ३ सय २० संक्रमित डिस्चार्ज भएका छन्। योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ७ हजार ५१७ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज २ हजार ४४८ जनाको पीसीआर गर्दा ७० जना र २ हजार ४७६ जनाको एन्टिजेन परिक्षणमा ३५ गरी १०५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

बुधबार १२७ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १६ हजार ४६२ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ। योसँगै सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९४४ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्