नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा पौडेलेको उम्मेद्वारी,यस्ता छन् ४ प्रतिबद्धताहरु

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्यमा बागमती प्रदेशबाट केन्द्रिय सदस्यमा कृष्ण बहादुर पौडेलले उम्मेद्वारी दिनुभएको छ । आगामी फागुन २१,२२ र २३ गते हुने केन्द्रिय आठौँ महाधिवेशनमा आफुले केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएको पौडेलले जानकारी दिनुभयो।

निजामती कर्मचारी युनियनलाई चुस्त,दुरुस्त बनाउने र आगामी आधिकारी ट्रेड युनियनको चुनावमा कर्मचारी युनियनलाई पहिलो बनाउने उदेश्यका साथ उम्मेद्वारी दिएको पौडेलले स्पष्ट पार्नुभएको छ ।बागमती प्रदेशबाट यसअघि केन्द्रिय सदस्य भएपनि त्यो मनोनियत भएको भन्दै उहाँले पुर्ण कार्यकाल काम गर्नेगरी अहिले आफुले उम्मेद्वारी दिएको पनि बताउनु भएको छ ।

वि.स.२०५५ सालमा तत्कालिन निजामती कर्मचारी संघको जिल्ला कार्य समिति सदस्य पदमा निर्वाचित हुनुभएका पौडेल,वि.स.२०६५ सालमा जिल्ला उपाध्यक्षमा २ कार्यकाल निर्वाचिन हुनुभएको थियो ।यसैगरी वि.स.२०७१ सालमा जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएका पौडेल त्यसपछिको निजामती कर्मचारी संघ र निजामती कर्मचारी युनियन समायोजन भएपछी पनि अध्यक्षमा निर्वाचिन हुनुभएको थियो ।

कर्मचारीबिच राम्रो सम्बन्ध बनाउन सक्ने र सबैलाई समान व्यवहार गर्न सक्ने क्षमता भएका पौडेल कर्मचारीबिच लोकप्रिय हुनुहुन्छ।आगामी निर्वाचनमा आफुलाई केन्द्रिय सदस्य पदमा निर्वाचित गराउनको लागि समेत उहाँले अपिल गर्नुभएको छ।
यस्ता छन् कृष्ण बहादुर पौडेलको ५ प्रतिबद्धताहरु
१,आगामी आधिकारीक टे«ड युनियनको चुनावमा कर्मचारी युनियनलाई पहिलो बनाउने ।
२,आधिकारीक ट्रेड युनियनको चुनावमा स्वास्थ्यकर्मी,स्थानिय तहमा प्रदेश लोक सेवा मार्फत आएका र राष्ट्रिय किताब खानामा संकेत नम्बर प्राप्त गरेकाहरुलाई मतदानमा सहभागि गराउन पहल गर्ने र उम्मेद्वारी हुन सुनिश्चितता गर्न पहल गर्ने ।
३, संघ,प्रदेश र स्थानिय तहमा अहिले भएको विभेद कम गर्न पहल गर्ने ।
४, समायोजन ऐनमा भएका कमिकमजोरीलाई सच्याउन पहल गर्ने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्