धादिङवेसीमा खुल्ला व्याडमिन्टन प्रतियोगिता दोस्रो मेयर कप सम्पन्न,९ विधामा क–कस्ले पाए उपाधि ?

धादिङवेसीमा जिल्ला तथा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता दोस्रो मेयर कप २०७८ सम्पन्न भएको छ ।

धादिङ जिल्ला व्याडमिण्डन संघको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा फागुन १५ गतेदेखि शुरु भएको “जिल्ला तथा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता दोश्रो मेयर कप २०७८” बिहिबार सम्पन्न भएको हो। १ सय ६३ वटा टिमको सहभागिता रहेको व्याडमिन्टन प्रतियोगितामा जिल्ला तथा राष्ट्रिय स्तर ९ विधामा खेल भएको थियोे ।

जसमा जिल्ला पुरुष एकल तर्फ सविन तामाङ, महिला एकल तर्फ बविता पुरी, पुरुष युगल तर्फ राजेन्द्र बानिया र रामचन्द्र गिरी, बी लेभल तर्फ कविन्द्र अधिकारी र रुपेन्द्र बानिया प्रथम भएका छन् ।

जिल्ला तर्फको फाईनल खेल बुधबार नै सम्पन्न भएको थियो भने राष्ट्रिय तर्फको फाईनल खेल बिहिबार खेलाइएको आयोजकले जनाएको छ।

यस्तै १७ मुनि पुरुष राष्ट्रियतर्फ त्रिभुवन आर्मी क्लवबाट विवेक चौधरी, १७ वर्ष मुनिका महिलातर्फ त्रिभुवन आर्मी क्लवबाटै प्राथना देउवा, पुरुष युगल भेट्रान्स ५५ वर्ष माथिका पुरुष तर्फ कास्कीकाद्वय दिलपुन र मनोज कुमार श्रेष्ठ, भेट्रान्स ४५ वर्ष माथिका पुरुष युगल तर्फ पोखराका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठ र २० वर्ष माथिका तर्फ मनकामना पोखराका विशाल बस्नेत र प्रनिशसिंह ठकुरी प्रथम भएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई बिहिबारनै पुरस्कार वितरण गरिएको छ । जिल्ला तर्फ प्रथम हुने पुरुष एकल र पुरुष युगल लाई ३०–३० हजार, द्धितियलाई २०–२० हजार र तृतिय हुनेलाई ६–६ हजार, महिला तर्फ प्रथमलाई १२ हजार, द्वितियलाई ७ हजार र तृतिय हुनेलाई २५–२५ सय, जिल्ला बि लेभल तर्फ पुरुष युगल तर्फ प्रथम २५ हजार, दितिय १५ हजार र तृतियलाई ५–५ हजार पुरस्कार प्रदान गरिएको थियो।

यस्तै राष्ट्रिय पुरुष युगल प्रथम ४० हजार द्धितिय २५ हजार र तृतियलाई ७५–७५ सय, १७ वर्ष मुनिका पुरुष र महिला एकल तर्फ प्रथमलाई २५–२५ हजार, द्धितिय १५–१५ हजार र तृतियलाई ५–५ हजार, राष्ट्रिय स्तर भेट्रान्स ४५ प्लस पुरुष युगल र भेट्रान्स ५५ प्लस युगलतर्फ प्रथमलाई ३५ हजार, द्धितियलाई २५ हजार र तृतियलाई ७५–७५ सय पुरस्कार प्रदान गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्