धादिङमा आज साँझ ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने

धादिङमा आज शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ ।

शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै देविघाट देखि धादिङबेसी, देविघाट देखि जहरे र धादिङबेसी देखि सल्यान्टार सम्मका ३३ के.भी प्रशारण लाईन नजिक रहेका रुखका हाँगा काट्ने कार्य रहेकोले आज बिहान ८ बजेदेखी साँझ ५ बजेसम्म सटडाउन हुने जनाएको छ।

उक्त समयमा धादिङबेसी, जहरे र सल्यान्टार सवस्टेशन अन्तर्गतका सम्पूर्ण फिडरहरु बन्द हुने भएकाले नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, गंगाजमुना, नेत्रावती डवजोङ, ज्वालामुखी, सिद्धलेक, बेनिघाट रोराङ, गल्छी, गजुरी, थाक्रे र आरुघाट गाउँपालिका लगाएतका सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्