धादिङका दुई संक्रमित संक्रमण मुक्त,सक्रिय संक्रमित १ जना बाँकी

धादिङ,२१ फागुन ।

धादिङमा कोरोनाका सक्रिय संक्रमित एक जना मात्र बाँकी रहेका छन्।

पछिल्लो २४ घण्टामा दुई संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

यस्तै जिल्लामा आज परिक्षण नहुदाँ नयाँ संक्रमित नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४९३ पुगेको छ।

संक्रमित मध्ये ९ हजार ४२८ निको भईसकेका छन् भने संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्