थाहा पाउनुहोस,तपाईको आजको राशिफल

२३, फागुन २०७८ सोमबार । तद्नुसार ७ मार्च २०२२ । फागुनशुक्लपक्ष पञ्चमी तिथि, भरणी नक्षत्र, इन्द्र योग, चन्द्रमा मेष राशिमा रहेको छ। आज बिहान सूर्योदय ६ः२३ मिनेटमा भएकाे छ भने सूर्यास्त ६ः०७ मा हुनेछ ।

आज बिहान ७ः५२ देखि ९ः२० सम्म राहुकाल छ । राहुकाल भएको समयमा शुभकार्य बर्जित छ । आज ११ः५२ देखि १२ः३८ सम्म अभिजित मुहूर्त रहेको छ । आजको देवता पित्री, ग्रहदेव राहु रहेको छ । सोमबार शिवको प्रिय बार हो । त्यसैले आजको दिन शिवालयको यात्रा निकै फलदायी हुन्छ । आजको दिन आफूलाई पायक पर्ने शिवालयमा यात्रा गर्दा मनमा शान्ति प्राप्त गर्न सकिन्छ ।  

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशिका जातकका लागि आजको दिन आम्दानी हुनेछ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा श्रीप्राप्ति हुनेछ । स्वास्थ्यमा केही समस्या हुनसक्छ त्यसैले ध्यान दिनुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन कुनै पनि शुभकार्य गर्दा फलदायी हुनेछ । विहान सूर्यनारायणको दर्शन गर्नुहोला ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : वृष राशिका व्यक्तिले विगतमा गरेको कामबाट अर्थआर्जन हुनेछ । मनमा प्रसन्नता छाउने छ । आजको दिन तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आयभन्दा व्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईंका लागि राम्रो हुनेछ । आज कसैसँग विवाद हुने काम नगर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकुल छ । नयाँ बस्त्र, आभुषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ। व्यापारमा तपाईंले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईंलाई मानसम्मान मिल्नेछ । आजको दिन कसैसँग विवाद हुने काम नगर्नु होला ।  

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईंको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ ।  आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईको लागि हानि हुनेछ । यात्रा गर्दा पनि अनेक समस्या आउनसक्छ । 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धी हुनसक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नैं बुद्धिमानी हुनेछ । सिंह राशिका पुरुष जातकको लागि स्त्री जातिको साथ र सहयोगबाट काम गर्दा सफल हुने देखिन्छ ।   

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : कन्या राशिका जातका लागि आजको दिन शुभ रहेको छ । तपाईंले सोचे अनुसारको काम हुनेछ । तपाईंले गर्दै आउनुभएको क्षेत्रमा मानसम्मान मिल्नसक्छ । आजको दिन नयाँ काम गर्दा भने सोच विचार गरेर काम गर्नुहोला । कन्या राशिका पुरुष र महिलाहरुले आजको दिन कसैसँग विवाद नगर्नु नैं वेश हुनेछ । परिवारमा विवाद हुनसक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन शुरु गरेको काम सफल हुनेछ । ब्यापारमा लगानी अनुसारको प्रतिफल प्राप्त हुनेछ । अनावश्यक खर्च हुने संभावना छ । यात्राका लागि प्रस्ताव आउनसक्छ । अध्यात्मयात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सत्पात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने तपाईको मनमा उर्जा थपिने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : आज मेरो समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राको लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा तपाईको भलो हुनेछ । त्यसैले आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला । सामाजिक काममा लाग्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईंले गरिरहनु भएको कामबाट धनलाभ हुनेछ । ग्रह बलिया भएका छन् । त्यसैले आजको दिन तपाईंले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन विहान कन्यालाई दान र केही भोजन दिनु भयो भने दिन सफल हुनेछ । आज विहान कुनै कुमारी कन्यालाई भोजन र बस्त्र दिनुहोला ।  

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईले विगतमा गरेको सामाजिक कामबाट मानसम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन शिवालय र देवालयको यात्राले मनमा हर्ष छाउनेछ । आर्थिक बृद्धि हुने संभावना  छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । आज तपाईको सोचअनुसार काम हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।  

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । तपाईले प्राप्त गरेको धनलाई केही मात्रामा भएपनि अध्यात्मसेवा र सामाजिक कार्यमा लगाउनुभयो भने मनमा सन्तोष मिल्नेछ । अध्ययन अध्यापनको काममा लाग्नुहोला ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिका जातकले आजको दिन सोचेको काममा बाधा हुनसक्छ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ । आजको दिन कम बोल्ने धेरै मौन रहने गर्दा तपाईलाई फाइदा हुनसक्छ । सिर्जनात्मक लेखनको कामको शुरुवात गर्न सक्नुहुनेछ । शिवालयको यात्रा र अध्ययन अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्