नारी दिवसको अवसरमा भोलि मंगलबार धादिङ अस्पतालमा रक्तदान कार्यक्रम हुँदै

धादिङ,२३ फागुन ।

११२ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा भोलि मंगलबार धादिङ अस्पतालमा रक्तदान कार्यक्रम हुने भएको छ ।

शिवज्योति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा धादिङ बचत तथा ऋण सहकारी संघ लिमिटेडको सहआयोजनामा नारी दिवसको अवसरमा धादिङ अस्पताल प्राङ्गणमा बृहत खुल्ला रक्तदान कार्यक्रम हुने भएको हो ।

नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोगमा मंगलबार बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजकले जनाएको छ ।कार्यक्रममा सक्रिय सहभागिताका साथै रक्तदान गरी सहयोग गरिदिनहुन आयोजकले अपील समेत गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्