क्वारेन्टिन र आईसोलेसनमा बसेकाहरुलाई मनोसामाजिक सहयोगकोे किन खाँचो छ ?

सुदीप घिमिरे

चारै तिर पर्खाल ।दुई वटा प्रबेशद्वार ।दक्षिण तर्फको प्रवेशद्धारमा साँचो लगाएको थियो ।भित्रवाटबोराले छेकिएको थियो ।मान्छेहरु देखिएका थिएनन् ।प्यालवाट चिहाएर हेर्दा मान्छेहरु भित्र चौरमा दाया वाया गरेको देखिन्थ्यो ।लाग्थ्यो उनीहरुबन्दी नै हुन ।कारागार भित्र थुनिएको छ।तर उनीहरु बन्दी नभएर क्यारेन्टिनमा राखिएका व्यक्तिहरु हुन् ।स्याङजाको गल्याङ नगरपालिका भित्र रहेको एक क्यारेन्टिन स्थल। 


भेटनका लागि दक्षिण प्रबेशद्वार लेखिएको थियो ।यो लेखक र स्थानीय मनोविमर्शकर्ता कल्पना भण्डारी दक्षिण प्रवेशद्धार लाग्यौ ।आधा घण्टा भन्दा बढी समय बस्यौ ।कोही आएनन् ।कोही देखिदैनन् ।भित्र प्रवेश गर्ने नगर प्रमुखलाई पटक पटक फोन गरिसक्यौ। स्थानीयले सोधे तपाईहरु किन यहाँ बस्नु भएको ?काउन्सेलिङ गर्न आएको हामीले उत्तर दियाँ।यहाँ त आफन्तहरुले मात्र भेट्ने हो उनीहरुले भनेँ ।पुन पश्चिम प्रवेशद्धारमा लाग्यौं ।कोही वाहिर निस्केनन् । वाहिरका व्यक्तिहरु कोही भित्र प्रबेश नगर्ने रहेछन् ।भित्र रहेका एक व्यवस्थापक आए ।हामीले हाम्रो कामकोवारे भन्यौं ।उनले ढोका खोले ।ढोकामा नछुन भने ।हामी भित्र प्रबेश गरौं। भित्र व्यवस्थापन पक्ष बस्ने छुटै भवन थियो ।

संक्रमणको शका लागेका व्यक्तिहरु राख्ने स्थल छुटै भवनमा थियो । बिद्यालयको विच भागमा डोरी थियो ।क्यारेन्टिनमा राखिएका व्यक्तिहरुले उक्त डोरी काट््न पाउँदैनन् ।चौरको वीच भागमा सानो पाल टाङिएको थियो ।खाना, खाजा खाने वेला उक्त पाल प्रयोगमा ल्याएने रहेछ ।पाल मुनी दुई वटा टेवलहरु थिएँ ।जहाँ व्यवस्थापकले खाना, खाजा दिने ।अर्को टेलववाट सहभागीहरुले लिने गर्ने रहेछन् ।उनीहरु बोल्दाटाढै बाट बोल्ने चलन रहेछ ।इन्टरनेटको सुबिधा भएकाले परिवार, देश भित्र र वाहिरको खवरहरुसंग जोडिन सजिलो भईरहेको छ ।मोवाइलको पहुँच नभएका व्यक्ति र अशिक्षित व्यक्तिहरुलाई भने समय कटाउन कठिननै हुने रहेछ । 
व्यवस्थापकले ठुलो आवाज निकालेर सवैलाई बोलाएँ ।

एक छिनमा ४२ जना मान्छेहरु बिद्यालयको चौरमा आएँ ।दुई जना महिला मात्र थिएँ ।एक जना बालक ।बाकी सवै पुरुष । परिचय पछि पालै पालो उनीहरुलाई हामीले बोल्न दियौं । मनमा कस्तो अनुभुति भईरहेको छ ।दिन कसरी विताउनु भएको छ यस्तै यस्तै । पालै पालो उनीहरुको भनाई सुन्दै गयौं। एक जनाले भनें“भारतिय सेनाको रिटायर आर्मी हुँ । रिटाय हुनै वित्तिकै लकडाउन भयो ।कार रिजर्भ गरेर आएको ।मलाई संक्रमण त छैन होला ।सुरुका पाँच दिन मलाई समय कटाउन धेरै कठिन भयो ।घर परिवारलाई फोन गरेर उपन्यासहरु मगायाँ ।अहिले उपन्यासहरु पढ्न बस्न थालेको छु ।तनाव अल्लि कम भएको छ ।”अर्को एक महिलाले थपिन ः“मेरो कोठामा संगै बस्नेलाई कोरोनाको संक्रमण देखिएर आइसोलेसनमा लगेको छ । मलाई पनि संक्रमण भयो की भनेर डर लाग्छ ।राती भरी निन्द्रा लाग्दैन् ।

छटपटि भईरन्छ । यो चिन्ता कम गर्ने के गर्ने ?”त्यसैगरी अर्को एक जना युबकलाई वोल्न अरुले जोडदिए ।उनी बोल्न डराएँ ।“म पानी खाएर आउँछु अनि मेरो कुरा भन्छु” भन्दै कोठा भित्र लागेँ ।सवै जना हाँसेँ ।पानी खाएर फर्किए । उनले भने मेरो सुर्ती खाने वानी थियो । खान नपाएको धेरै भयो । छटपटि हुन्छ ।हिजो बिद्यालयको पर्खालवाट भाग्न खोज्या ।पछि आफै फर्किएर आयाँ ।”अर्को एक युवकले थपे “मेरो भाईले आत्महत्या गरे छ । त्यसले गर्दा मलाई निन्द्रा परेन । खाना खान, बोल्न कसै संग मन छैन् ।” सहभागीहरुले यस्तै यस्तै गरी आफ्ना मनका भावनाहरु सुनाएँ ।संकटको समयमा मनमा अनेकौ सोचहरु आउनु सामान्य हो ।सामान्यीकरण गराउन प्रयास गरैँ ।दैनिक तालिका वनाउन सहयोग गरौं । केही योगा अभ्यासहरु सिकायौ ।समुहमा नाच्न र रमाइलो गर्ने प्रेरणा दियौ ।झण्डै दुई घण्टाको कुराकानी पछि हामी विदा भयौं । दुई दिन पछि त्यही बिद्यालयमा पुग्यौं ।पहिलो दिनमा गरेको कुराकानी र अभ्यासले उनीहरुलाई प्रेरणा मिलेछ ।उनीहरु त हरेक दिन नाच्ने र बिद्यालय सरसफाई गर्न सुरु गरेँ छन् ।

उनै भारतिय आर्मीलाई योगा गुरु वनाएर हरेक दिन आधा घण्टा योगा अभ्यास गर्न सुरु गरेँ छन् ।त्यसले गर्दा उनीहरुमा भएको तनाव कम हुन सहयोग मिलेको छ।त्यस्तै गरी हामी गल्याङ नगरपालिका भित्र रहेका अन्य पाँच ओटै क्यारेन्टिमा पुग्यौं ।नीजि बिद्यालयहरु चिराङ र आदर्श उच्च माविमा पुग्यौ । सरकारी बिद्यालयमा रहेका क्यारेन्टिन भन्दा नीजिमा राखिएको क्यारेन्टिन अल्लि सफा र व्यवस्थित लाग्यो । गल्याङ कजेलमा ८२ जना भन्दा बढी व्यक्तिहरु थिएँ । चौर, कोठा भित्र वाहिर मान्छे मात्रै थिएँ । कुकुरहरु भित्र वाहिर गरिरहेका थिएँ । को क्यारेन्टिनमा राखिएको व्यक्ति, को व्यवस्थापन गर्ने व्यक्ति अन्योल जस्तै थियो । नीजि बिद्यालयमा जसरी सिमा क्षेत्रहरु निधारण गरिएको थियो सरकारी क्यारेन्टिनमा त्यस्ता क्षेत्रहरु निधारण भए पनि कडाहरुमा लागु गरिएको थिएन् ।हामीले २५÷३० जनालाई मात्र समुह मनोबिमर्शका लागि वोलायौं ।

तर सवै जना एकै चोटी आएँ । ८२ जनालई चौर निस्के पछि उनीहरुलाई व्यवस्थापन गर्न र आफु कसरी सुरक्षित रहने चिन्ता भयो । चौरमा बस्न सक्ने अवस्था थिएनँ । चौर हिलो थियो । सवैलाई चौरमा उभिन भन्यौं । सवै युवाहरु भारतवाट आएका । कोही टिसर्टमा । कोही हाफ् पेन्टमा थिएँ । पालै पाले कुराकानी गरौं । त्यति धेरै मान्छेहरुको कुरा सुनाउने वाताबरण भएन ।त्यै पनि हामीले शारीरिक दुरीलाईबढी प्राथमिकताका साथ भन्यौं । शारीरिक दुरी कायम गर्नु पदैन् ?प्रश्न सोध्यौ । उनीहरुको उत्तर आयो ः “एकै काठामा १० जना राख्ने सरकारलाई यसको प्रश्न सोध्नुहोस ।” हामी मौन भयो ।यसको उत्तर हामी संग थिएन् । हामीले भन्यौ यस्तो अवस्था शारीरिक दुरी कायम राख्नु महत्वपुर्ण छ । यदी कोही व्यक्तिमा संक्रमण पहिचान भएमा अर्को व्यक्तिलाई पनि सर्न सक्छ ।तर त्यहाँ यस्ता सुचनाहरु प्रभावकारी भएनन् किनभने व्यवस्थापन पक्षले शारीरिक दुरीलाई महत्व दिन सकेनन् ।त्यसै उनीहरुलाई २४ दिन भन्दा बढी क्यारेन्टिमा बसीरहेका छन् ।

उनीहरुको पी.सी.आर परिक्षण दुई पटक भन्दा बढी गरिसकिएको उनीहरुले वताएँ। एकै नगरपालिकामा दुई, तीन सय व्यक्तिहरु क्यारेन्टिमा रहदाँ उनीहरुकालाई चाहिने खाना, खाजा, पानी, औषधी मुलो स्थानीय सरकारलेनै गदै आएको छ ।सामान्य परिवारलाई एक महिना घर खर्च व्यवस्था पर्न गर्न हजारौ रुपैयाँ लाग्छ ।तर यसरी स्थानीय सरकारले सयौ युवाहरुलाई पालिरहेको छ ।खर्च, औषधी मुलो व्यवस्थापन गरिरहेको छ । व्यवथापनमा भने कम्जोरी पक्षहरु देखिएका थिएँ ।युवाहरुस्थानीय सरकार प्रति ओक्रोशित थिएँ । हाम्रो अवस्थाकोवारेमा बुझ्न कोही नेताहरु किन आउदैनन् ?पी.सी.आर परिक्षण समयमा किन हुदैन् ।त्यसको नतिजा आउन किन हप्तौ लाग्छ ।हामीलाई चिन्ता, तनाव छ तर जव सम्म परिक्षणको नतिजा आउँदैन तव सम्म कुराकानी गर्नुको कुनै अर्थ छैन् भन्दै रिस व्यक्त गर्थेँ ।हामी भने उनीहरुमा भएको रिसलाई निकाल्न अझै प्रेरणा थपिरहेका थियौं ।जति बढी मनमा भएका विकारहरु निकाल्यो उती मन हल्का हुन्छ भन्दै उनीहरुलाई आफ्नो भावनाहरु सुनाउन प्रेरणा दिइरको थियौं । 


समुहमा गरिएको सामुहिक मनोसामाजिक सहयोगले व्यक्तिहरुमा आत्मबल बढेको थियो । तनावको वेला कसरी समस्याको सामना गर्ने भन्ने नयाँ विधिहरु उनीहरुले पाएका थिएँ । अल्लिनै बढी समस्यामा रहेकाहरलाई छुटै भेटेर मनोबिमर्श सहयोग गर्दा समस्याको व्यवस्थापन गर्न सहज भएको थियो । देश भरी क्यारेन्टिन स्थलहरु कयौ छन् । क्यारेन्टिनमानै आत्महत्या भएका समाचारहरु आइरहेका छन् । हामीले सामी परियोजना र स्थानीय नगरपालिकाले गरेको सानो प्रयासले व्यक्तिहरुमा रहेको तनाव व्यवस्थापन गर्न सहज भएको थियो ।देश भरी यस्तै खालको आवश्यकता छ ।तर सरकार, स्थानीय निकायले पनि यस्तो कार्यक्रमलाई प्राथमिकता साथ लागु गर्नु पर्ने देखिन्छ । खाना दिएको छ । बस्ने स्थान छ भने मात्र हुदैन् । उनीहरु दिनभर के काम गर्दछन् । उनीहरुको व्यवहारहरुलाई उत्तिकै चासो दिनु जरुरी छ ।विदेशी भुमिवाट आए पनि उनीहरु हाम्रै नेपाली दाजु भाई हुन्् । क्यारेन्टिन स्थल मान्छे राख्ने र थुन्ने केन्द्र भन्दा संरक्षण स्थलको रुपमा विकास गराइनु पर्छ । खाना, सुरक्षा, परिक्षण संगै मनोबैज्ञानिक पक्षको व्यवस्थापनमा चासो दिनु पर्ने अहिलेको आश्यकता हो । नत्र आत्महत्याको क्रम बढ्न सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्