गंगाजमुना गाउँपालिकामा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार

धादिङको गंगाजमुना गाउँपालिका–५ की एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

२ दिन देखि लामो प्रशव व्यथाका कारण प्रशुती हुन नसकेकी अप्सरा थापा मगरलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत आज दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पठाईएको गाउँपालिकाका स्वास्थ्य संयोजक दिपक अधिकारीले जानकारी दिनुभयो।

यसअघि गाउँपालिकाका ७ जना गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको अधिकारीले बताउनुभयो।जसमा गाउँपालिकाको खर्चमा ४ जनाको उद्धार गरिएको छ भने राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट २ जना र स्वास्थ्य कार्यालय धादिङमार्फत १ जना गर्भवतीको उद्धार गरिएको स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो।

गाउँपालिकाले सुरक्षित प्रशुती गराउन कठिनाई भएका गाउँपालिका भित्रका गर्भवती महिलाहरुलाई निशुल्क हेलिकप्टरबाट उद्धार गर्दै आएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्