धादिङको थाक्रेमा लामा विद्याको संरक्षण गर्दै स्थानिय युवा

धादिङको थाक्रे गाउँपालिका वडा नं ८ स्थित काउलेका स्थानिय युवाहरु लामा विद्याको संरक्षण गर्न जुटेका छन्। पुर्खादेखि चलिआएको रितिरिवाज धर्म सँस्कृतिहरु मार्न नदिन र आफ्नो परम्परालाई जिवन्त राख्न भन्दै आफ्नो परापुर्वकाल देखिको लामा विद्याको संरक्षण गरि निरन्तरता दिन काउलेका युवाहरु लागी परेका हुन्।

काउलेमा करिब ४० बर्षपछि स्थानिय ९ जना युवा र ३ जना गुरु सहित १२ जना फागुन १ गते देखी फागुन २२ गतेसम्म २२ दिन गुफामा बसी आफ्नो सम्पुर्ण विधाहरु सिकेर आईतबार निस्किएको काउलेका स्थानिय समाजसेवी सानो कान्छा लामाले जानकारी दिनुभयो। आईतबार एक कार्यक्रमको आयोजना गरी गुफामा बसी विधा सिकेर निस्किएका गुरु चेलालाई भव्य स्वागत गरेका थिए।

छाया बुम मन्त्र एक लाख एक हजार एक सय ११ पटक भगवान प्रति एक महिना लगाएर ढोग गरी हिग्या दार्जे सेम्पा (बज्रदेवता) को ज्ञान प्राप्त गर्न ९१ वटा अकं रहेको एक लाख एक हजार एक सय ११ मन्त्र एक महिना लगाएर जपिने लामा गुरु जेठा लामाले बताउनुभयो।

साल्देव र यसमा आफुले पुज्दै आएको सम्पुर्ण बुद्धहर चिनाउने र त्यसको ज्ञान प्राप्त गर्ने काम गरि यसमा पनि चार वटा मन्त्र एक लाख एक हजार एक सय ११ जप्नु पर्ने उहाँको भनाई छ।

यस्तै फोज्ये (टुपी मन्त्र) यो कार्य २४ घण्टा भित्र प्राप्त गर्नुपर्ने,यसको कारण आफु मर्दा जाने बाटो थाहा पाउन र मानव जातिमा आपत विपत परि मरेका लासकोे टुपी निकाल्ने र बुद्ध बास गर्ने ठाउँमा मृतकको आत्माले शान्ती पाउने कार्य यस विधाबाट गर्ने भएको तिन महिना २५ दिनको कठोर तपस्या गरि आफ््नो भइरहेको परम्परालाई जोगाई राख्न लागी परेको गुरु जेठा लामा बताउनुहुन्छ।

लामाले भन्नुभयो,‘आफ्नो धर्म संस्कृतिमा धनि रहेको लामा समुदायले आफ्नो परम्परा छोडेका छैनन् ।आफ्नो संस्कृतिलाई जोगाएका छन्।’संरक्षण गर्नुपर्छ भनेर नौ जना युवाहरुले आफ्नो पुर्खाहरुले गरेको कामलाई गुफा बसी लामा विधा सिकेर अगाडी बढनु पर्छ भनेर लागी परेकाले उनिहरुबाट अवका युवा पिढीले सिक्न जरुरी रहेको समाजसेवि सानो कान्छा लामाले बताउनुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्