६ हजार ६९४ जनाको परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि

धादिङ,२४ फागुन ।

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६९४ जनाको परीक्षण गर्दा १९४ नयाँ सङ्क्रमित थपिएका छन् भने ३ सय ४८ संक्रमित डिस्चार्ज भएका छन्।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ५ हजार ८७५ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ३ हजार ६३८ जनाको पीसीआर गर्दा ७४ जना र २७ सय ५६ जनाको एन्टिजेन परिक्षणमा १२० गरी १९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सोमबार ८८ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार २९ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या एघार हजार ९४९ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्