अब एउटा सेवा प्रदायकबाट दुईवटा मात्रै सिमकार्ड लिन पाइने

काठमाडौं । सरकारले अब एउटा सेवाप्रदायकबाट दुईवटा मात्रै सिमकार्ड लिन पाइने व्यवस्था गरेको छ । यसअनुसार एक व्यक्तिले एउटा मोबाइल सेवा प्रदायक कम्पनीको दुईवटा मात्रै सिमकार्ड लिन पाउनेछन् ।

यसअघि सरकारले सिम कार्ड लिन पाउने व्यवस्थामा कुनै सीमा तोकेको थिएन । अब भने एक व्यक्तिले नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलको दुई-दुईवटा मात्रै सिमकार्ड आफ्नो नाममा लिन पाउनेछन् । एनटीसीको सीडीएमए लिनेको हकमा भने ३ वटासम्म जीएसएम सिम लिन पाउने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

onlinekhaber

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्