पछिल्लो २४ घण्टामा २२४ नयाँ सङ्क्रमित थपिदा २५१ संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर १० हजार ९२ जनाको परीक्षण गर्दा २२४ नयाँ सङ्क्रमित थपिएका छन् भने २ सय ५१ संक्रमित डिस्चार्ज भएका छन्।योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ५ हजार ६९२ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ६ हजार ९३६ जनाको पीसीआर गर्दा ६८ जना र ३ हजार १५६ जनाको एन्टिजेन परिक्षणमा १५६ गरी २२४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवत्ता डा.संगिता मिश्राले आज प्रेस बिफ्रिङका क्रममा बताउनुभएको हो।

मंगलबार १९४ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार २५३ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६० हजार ६८ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण कसैको मृत्यु नभएको मन्त्रालयकी प्रवत्ता डा.मिश्राले बताउनुभयो।हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९४९ पुगेको डा.मिश्राले बताउनुभयो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्