सरकारले जिका, डेङ्गी र चिकनगुनियाको निःशुल्क पिसिआर परीक्षण गर्ने

धादिङ,२५ फागुन।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जिका, डेङ्गी र चिकनगुनिया रोगको निःशुल्क पिसिआर परीक्षण गर्ने भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट यी रोगको निःशुल्क पिसिआर परीक्षण सुरु भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले लक्षण देखिएका व्यक्तिलाई निःशुल्क परीक्षण गराउन आग्रह गर्नुभयो ।यसअघि कोरोना भाइरसको सङ्क्रमणको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निःशुल्क परीक्षण गर्दै आएको छ ।

प्रयोगशालाका प्रवक्ता राजेश गुप्ताले विदेशबाट आएका लक्षण भएका बिरामी र चिकित्सकले सिफारिस गरेपछि निःशुल्क पिसिआर परीक्षण गर्ने गरेको बताउनुभयो । तीनवटै रोग लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ ।

एक्कासि ज्वरो आउने, थकाइ महसुस हुने, अत्यधिक जोर्नी दुख्ने, वाकवाकी लाग्ने तथा टाउको, मांसपेशी दुख्ने जस्ता लक्षण देखिने गर्दछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्