धादिङको निलकण्ठ सहित यो वर्षका उत्कृष्ट सात नगरपालिका यी हुन्

धादिङ,२९ फागुन।   सहरी योजना पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा धादिङको निलकण्ठ नगरपालिका उत्कृष्ट भएको छ।  

आईतबार नेपाल नगरपालिका सङ्घले बिभिन्न ५ विधामा घोषणा गरेको उत्कृष्ट नगरपालिकाहरुमा धादिङको निलकण्ठ पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा उत्कृष्ट ठहरिएको हो। निलकण्ठ यसअघि पनि विभिन्न सूचाङ्कको आधारमा उत्कृष्ट बन्दै आएको थियो ।  

नेपाल नगरपालिका सङ्घको २९ औं वार्षिक उत्सवको अवसर पारेर आज सङ्घले आज ५ विधामा उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । सङ्घका अनुसार संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको छ भने वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट भएको छ ।   यस्तै स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट बनेका छन् ।  

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको छ ।पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई प्रधानमन्त्री देउवाले पुरस्कार प्रदान गर्नुभएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्