निशुल्क आयुर्वेद स्वास्थ्य शिविर,३०८ ले सेवा लिए

बेनिघाट रोराङ गाउपालिका वडा न ७ चरौदीमा एक दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविरसम्पन्न भएको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजना तथा गाउँपालिकाको सहयोगमा शनिबार एक दिने शिविर सम्पन्न भएको हो ।

No description available.

गाउँपालिको आधारभुत स्वास्थ्य केन्द्रमा भएको उक्त शिविरमा गाउँपालिका र गोरखा घ्याल्चोकका ३०८ जनाले सेवा लिएका छन्।

शिविरमा ग्याष्ट्रिक, वाथरोग, स्त्रीरोग, बालरोग, पिनास, पाइल्स, छाला सम्बन्धि साथै योग सेवा, फिजियो थेरापी, स्वेदनको निशुल्क परिक्षण गरी औषधि वितरण गरीएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी प्रमुख डा.सुइरा जोशीले बताउनुभयो ।

No description available.

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङकी प्रमुख डा.सुइरा जोशीको अध्यक्षतामा भएको शिविरमा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यता रहेको थियो ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्