सरकारद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने श्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान

काठमाडौं ।

सरकारले नेपाली साहित्यमा योगदान पुर्‍याउने श्रष्टाहरुलाई विभन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको पुरस्कार समर्पण समारोहमा मन्त्री योगेश भट्टराईले श्रष्टा तथा व्यक्तित्वहरुलाई पुरस्कार समर्पण गराई सम्मान गरेका हुन् ।

सरकारले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०७६, पुष्पलाल राष्ट्रिय पुरस्कार २०७६, महाकवि देवकोटा राष्ट्रिय पुरस्कार २०७६, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार २०७६, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७६ बाट विभिन्न श्रष्टा तथा व्यक्तित्वहरुलाई सम्मान गरेको हो । समारोहमा मन्त्री भट्टराईले विभिन्न श्रष्टाहरुको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न श्रष्टा तथा व्यक्तित्वहरुलाई प्रदान गरिएको बताए ।

उनले ऋषिमुनीहरुले स्थापित गरेको साहित्य, देशको प्राकृतिक सुन्दरता, भगवान वुद्धले दिएका आदर्श सिद्धान्त लगायत विभिन्न महान व्यक्तित्वहरुले छोडेर गएका आदर्श सिद्धान्तहरुका कारण नेपाल साहित्य सृजनाको भण्डार भएको बताए । उनले सबै जातजाति, संस्कृति, रितिरिवाज, भाषा साहित्यलाई एकैठाउँमा राख्ने गरी काठमाडौंको कीर्तिपूरमा राष्ट्रिय संग्रहालय बनाउने समेत बताए । त्यस्तै नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहदेखि नेपालको विभिन्न लोकतान्त्रिक अन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने नेताहरु, साहित्यकार, श्रष्टा, राष्ट्रिय व्यक्तित्वहरुको स्मारक स्थल निर्माण गर्न लागिएको समेत बताए ।

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार ०७६ अन्तर्गत संस्कृति विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ, प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट भोजपुरका चन्द्रकुमार राई, प्रदेश २ बाट धनुषाका डा. रामसागर पण्डित, बागमती प्रदेशबाट ललितपुरका डा. गौतमबीर बज्राचार्य, गण्डकी प्रदेशबाट स्याङ्जाका प्रा. ज्ञानबहादुर कार्की, प्रदेश ५ बाट कपिलवस्तुका विक्रममणि त्रिपाठी, कर्णाली प्रदेशबाट जुम्लाका वासुदेव उपाध्याय र सुदूरपश्चिमबाट धनगढीका सुरतबहादुर शाह सम्मानित भएका छन् ।

भाषा साहित्य विधातर्फ प्रा.डा. दयाराम श्रेष्ठले राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गरे । प्रादेशिक प्रतिभा पुरस्कार अन्तर्गत प्रदेश १ बाट खोटाङका सुरेश हचेकाली, प्रदेश २ बाट बाराका नवराज रिजाल, बागमती प्रदेशबाट काभ्रेपलाञ्चोकका गोपी मैनाली, गण्डकी प्रदेशबाट कास्कीका तर्कना शर्मा, प्रदेश ५ बाट दाङका श्रीधर पौडेल, कर्णाली प्रदेशबाट जुम्लाका डा. ओम प्रकाश आचार्य, र सुदूरपश्चिम प्रदेशबाट कैलालीका मिहीलाल उपाध्याय सम्मानित भएका छन् ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार काठमाडौंका श्यामलाल श्रेष्ठले प्राप्त गरे । प्रादेशिक प्रतिभा पुरस्कार प्रदेश १ बाट सुनसरीका जीवननाथ पोखरेल, प्रदेश २ बाट धनुषाका सरिता देवी मण्डल, बागमती प्रदेशबाट ललितपुरका चन्द्रश्याम डंगोल, गण्डकी प्रदेशबाट स्याङ्जाका महेश आचार्य, प्रदेश ५ बाट गुल्मीका सुमित्रा राना, कर्णाली प्रदेशबाट कालीकोटका भिमबहादुर सिंह र सुदूरपश्चिम प्रदेशबाट डोटीका रविन्द्र बहादुर चन्द सम्मानीत भएका छन् ।kindrabindu

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्