५ हजार बढिको परीक्षण गर्दा ५८ नयाँ सङ्क्रमित थपिए,१४८ संक्रमित निको

धादिङ,३० फागुन।
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४१८ जनाको परीक्षण गर्दा ५८ नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय ४८ संक्रमित डिस्चार्ज भएका छन्।योसँगै देशभर सक्रिय संक्रमितको संख्या अब ४ हजार ८१९ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ३ हजार ५३९ जनाको पीसीआर गर्दा ५० जना र १८ सय ७९ जनाको एन्टिजेन परिक्षणमा ८ गरी ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आईतबार ६५ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ६३८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६१ हजार २१८ पुगेको छ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण मृत्यु हुने शून्य रहेको छ । हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्