पछिल्लो २४ घण्टामा ८३ जनामा संक्रमण पुष्टि, मृत्यु शून्य

धादिङ,०१ चैत्र ।

चार दिनयता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार शुक्रबारयता कोरोना संक्रमणका कारण कसैले पनि ज्यान गएकोे छैन । हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८८४ जनाको परीक्षण गर्दा ८३ नयाँ सङ्क्रमित थपिएका छन् भने १ सय ३० संक्रमित डिस्चार्ज भएका छन्।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ७४६ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज ४ हजार ७३४ जनाको पीसीआर गर्दा ५७ जना र ३ हजार १५० जनाको एन्टिजेन परिक्षणमा २६ गरी ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ५८ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ७२१ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६१ हजार ३४८ पुगेको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्