नेपाल प्रहरीले माग्यो १ लाख म्यादी प्रहरी

सरकारले १ लाख जना म्यादी प्रहरी माग गरेको छ । 

आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना प्रकाशन गरेको हो । 
जसमा माग पद संख्या १ लाख जना रहेको जनाइएको छ । 

चैत ६ गतेदेखि ११ गतेसम्म दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले सूचनामा जनाएको छ । तोकिएको मितिभित्र विहान १० बजेदेखि ५ बजेसम्म दरखास्त दिन सकिने छ । 

त्यसका लागि १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्ने सूचनामा जनाइएको छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्