बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगीताःधादिङ क्रिकेट टिमको विजयी सुरुवात

धादिङ क्रिक्रेट मिटमले चितवनमा जारी प्रथम बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगीतामा विजयी सुरुवात गरेको छ।आज चितवनको गौतमबुद्ध अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा रसुवालाई ९ विकेटले पराजित गर्दै धादिङले विजयी सुरुवात गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको रसुवा १४ दशमलव १ ओभरमा मात्र ५१ रनमा समेटिएको थियो । रसुवालाइ सस्तैमा समेट्न धादिङका श्याम त्रिपाठीले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै २ मेडन राखेर मात्र १९ रन खर्चदै ४ विकेट लिन सफल भए।

बलिङ तर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएका थिए भने रुपेश भुजेलले १ विकेट लिएका थिए । रसुवा २ जना खेलाडी भने रन आउट भएका थिए ।

रसुवाका २ ब्याटरले मात्र दुइ अंकको रन जोड्न सफल भएका थिए । रसुवाका ओपनिङ ब्याटर सविन श्रेष्ठ र इनिङको अन्तिमतिर ब्याटिङ गर्न आएका प्रिन्स लामाले मात्रै १० रन जोड्न सफल भएका थिए । रसुवाका ५ ब्याटर शुन्य रनमा आउट भएका थिए ।

May be an image of 6 people, people standing and grass

५२ रनको झिनो लक्ष्य लिएर मैदानमा उत्रिएको धादिङले ५ ओभरमात्रै खेलेर १ विकेट गुमाउदै रसुवामाथी सहज जित हात पारेको हो । धादिङको लागि ओपनिङ ब्याटर अमृत थापाले अविजित ३० रनको योगदान दिए भने अर्का ब्याटर आरम्भ तिमल्सेना ९ रनमा अविजित रहेका थिए । अमृतले १९ बल खेल्दै ६ चौका मद्धतमा ३० रन बटुलेका थिए ।

खेलको म्यान अफ द म्याच धादिङका श्याम त्रिपाठी घोषित भए । दोस्रो चरणमा प्रवेश गरेको धादिङले अव चैत ५ गते पहिलो चरणमा सिधै बाइ पाएर दोस्रो चरणमा प्रवेश गरेको काठमाण्डौ संग खेल्ने छ ।

May be an image of 4 people, people standing and text

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्