चैत्र २१ भित्र इजाजत प्राप्त हातहतियार बुझाउन धादिङ प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हातहतियार चैत्र २१ गतेभित्र बुझाउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

शुक्रबार प्रशासनने एक सूचना जारी गर्दै कानूनीरुपमा अनुमति प्राप्त व्यक्तिका नाममा रहेका हातहतियार (भरुवा तथा एयर गन वन्दुक ) चैत्र २१ गतेभित्र आ–आफनो नजिकको प्रहरी ईकाईमा बुझाउन अनुरोध गरेको हो।

आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भय रहित वातावरण सृजना गर्नु अपरिहार्य भएकोले आ–आफनो हातहतियार नजिकको प्रहरी ईकाईमा बुझाउन प्रशासनले अनुरोध गरेको हो।

उक्त बुझाइएका हातहतियारहरु सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपछि हतियार धनीलाई नै फिर्ता गरीने प्रशासनद्धारा जारी सुचनामा भनिएको छ।

साथै कोही कसैले विना ईजाजतका भरुवा तथा एयर गन वन्दुक राखेको भए चैत्र २१ गते भित्रमा स्वत :स्फुर्त रुपमा आ–आफना नजिकको प्रहरी इकाईमा बुझाउन समेत प्रशासनले आग्रह गरेको छ ।

निर्धारित समय भित्र नबुझाई अटेर गरी बसेको पाइएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्