कांग्रेस धादिङका १२ जना एमालेमा प्रवेश

नेपाली कांग्रेस घादिङका १२ जना नेकपा एमाले प्रवेश गरेका छन ।

शुक्रबार नेकपा एमाले जिल्ला कमिटी धादिङको आयोजनामा सदरमुकाम धादिङबेसीस्थित मदन आश्रित–स्मृति भवनमा भएको जिल्लास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा कांग्रेसमा क्रियाशिल रहेका नेत्रावती डवजोङ गाउँपालिका र निलकण्ठ नगरपालिकाका नेताहरू एमाले प्रवेश गरेको एमाले धादिङले जनाएको छ।

May be an image of 7 people and people standing

प्रवेश गर्नेहरुमा काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ५ का कालू गुरुङ सहित निलकण्ठ नगरपालिका वडा नम्बर १३ का रोशन गुरुङ, दिपक गुरुङ, अनिल गुरुङ, विकास गुरुङ, प्रेम गुरुङ, राजेश गुरुङ, विकास दाहाल, प्रदिप तामाङ, रामुसिंह तामाङ, सञ्चु घले र सन्तु घले रहेका छन।

कांग्रेस छाडेर नेकपा एमालेका प्रवेश गरेका नेताहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले बागमती प्रदेशका इन्चार्ज काशिनाथ अधिकारी, धादिङका अध्यक्ष भूमि त्रिपाठी लगायतले स्वागत गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्