कक्षा १२ को परीक्षा जेठ १६ गतेबाट हुने (तालिकासहित)

कक्षा १२ को वार्षिक परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको शुक्रबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । सोही आधारमा बोर्डले परीक्षा तालिका समेत सार्वजनिक गरेको छ । 

जेठ १६, १७ र १८ गतेमध्ये कुनै एक दिनबाट परीक्षा सञ्चालन गर्नुपर्ने प्रस्ताव बोर्डको बैठकमा लगिएको थियो । बोर्ड बैठकले १६ गतेदेखि नै सञ्चालन गर्ने निर्णय गरेको हो । 

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले यो वर्षदेखि कक्षा १२ को परीक्षा होम सेन्टरमा नभई तोकिएका केन्द्रहरूबाट सञ्चालन गरिने बताए । विगत दुई वर्ष होम सेन्टरमै परीक्षा गरिएको थियो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । 

परीक्षा कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै सञ्चालन हुने नियन्त्रक शर्माले बताए। भौतिक दूरीको पालना गर्र्दै भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुनेछ । 

No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्