सक्रिय संक्रमित ३ हजार ५९५ जना बाँकी,थप ४०९ संक्रमित निको

धादिङ,०५ चैत।

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५४३ जनाको परीक्षण गर्दा १७ नयाँ सङ्क्रमित थपिएका छन् भने ४ सय ९ संक्रमित डिस्चार्ज भएका छन्।योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ बाँकी रहेको छ।

देशभरका प्रयोगशालाबाट आज १ हजार ९९३ जनाको पीसीआर गर्दा ८ जना र २ हजार ५५० जनाको एन्टिजेन परिक्षणमा ९ गरी १७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शुक्रबार ५१ संक्रमित थपिएका थिए। यो सँगै देशभर संक्रमित हुनेको संख्या ११ लाख १७ हजार ८९८ पुगेको छ भने संक्रमित भई निको हुनेको सङ्ख्या ९ लाख ६२ हजार ५८२ पुगेको मन्त्रालयको तथ्याङ्मा उल्लेख गरिएको छ।

यसैगरी पछिल्लो एकसाता यता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या शून्य रहेको छ । हालसम्म संक्रमित भई मृत्यु हुनेको संख्या एघार हजार ९५० पुगेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्