एनआरएनए निर्वाचनमा तीन हजार ९८ मात्र योग्य मतदाता

लन्डन, ६ चैत

गैरआवासीय नेपाली संघको २४ र २५ तारिख हुने निर्वाचनमा तीन हजार ९८ जना मतदाताले मात्र निर्वाचनमा सहभागी हुन पाउने भएका छन् । 

संघको निर्वाचन समितिले आइतबार विज्ञप्ति जारी गर्दै परिचय नखुलेका र सेल्फीमा नलिएका मतदातालाई मतदाता नामावलीका हटाइएको जनाएको छ । यसअघि निर्वाचन समितिले ३५ सय ९० जनाको नाम सार्वजनिक गरेको थियो । 

करिब एक सय ५० जनाले आफ्नो परिचयपत्र बुझाउन नसकेका कारण उनीहरूलाई मतदाता नामावलीबाट हटाइएको हो । बाँकी मतदाताको स्मार्ट एनआरएनएमार्फत सेल्फी लिन चुकेपछि सूचीबाट नाम हटाइएको हो ।

संघको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायतका पदमा मतदान हुँदैछ । अनलाइनमार्फत हुने निर्वाचनको व्यवस्थापनको जिम्मा अष्ट्रेलियास्थित भेरो कम्पनीले लिएको छ । अध्यक्ष पदमा डा. बद्री केसी र रविना थापाबीच निर्वाचन हुँदैछ । 

Avatar

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्