स्थापना दिवसमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिरामीलाई फलफूल वितरण

प्रयास नेपाल धादिङले स्थापना दिवसको अवसरमा बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा बिरामीहरुलाई फलफूल वितरण गरेको छ।
२१ औँ स्थापना दिवसको अवसरमा प्रयास नेपालले आईतबार नीलकण्ठ नगरपालिका–३ का शान्तिटारमा रहेको नमुना बौद्धिक अपाङता बिशेष बिद्यालयको छात्रावासमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री तथा जिल्ला अस्पताल धादिङमा भर्ना भई उपचाररत २४ जना बिरामीहरुलाई फलफूल वितरण गरेको हो।

कार्यक्रममा प्रयास नेपालका अध्यक्ष रेष्टन कँडेल,कार्यकारी निर्देशक दामोदर अर्याल,सचिव वीर बहादुर श्रेष्ठ, कार्यसमितिका पदाधिकारी, साधारण सदस्य, कर्मचारीहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियोे ।

No description available.

धादिङ लगायत छिमेकी जिल्लाका गाउँ/नगरपालिकामा स्थानीय स्रोत साधनको अधिकतम परिचालन गरी सामाजिक न्याय सहितको समतामुलक समाजको सिर्जना गर्ने परिकल्पना बोकी स्थानीय जागरुक युवाहरुको प्रयासमा स्थापित प्रयत्नशील साममुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले आईतबार आफ्नो २० औं बसन्त पार गरेको प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

जिल्लाको साविक सांङकोष गाविस हाल नीलकण्ठ नगरपालिका वडा नं १२ आँपश्वरामा ९ जना स्वय्सेवी युवाहरुद्धारा २०५८ सालमा स्थापना गरी सामाजिक कार्य थालनी गरेको संस्थाले हाल जिल्लाको १३ वटै गाउँ/नगर पालिकाको दुर्गम भूगोलमा बसोबास गर्ने समूदायका महिला,बालबालिका र सामाजिक विकासमा लागि पर्ने व्यक्तिहरुको सामाजिक रुपान्तरणको सारथी तथा सहयोगी बन्दै आएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।

No description available.

प्रयास नेपालले जिल्लाको गाउँ,नगरपालिका, सरकारी निकायहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास साझेदारहरुसँगको समन्वय, साझेदारी तथा सहकार्य बिशेष गरी बालबालिकाहरुको शिक्षामा पहूँच अभिबृद्धिका लागि सुरक्षित स्थलमा बसेर पढ्ने वातावरणको लागि बालमैत्री कक्षा कोठा, शौचालय, बालमैत्री धारा निर्माण, शैक्षिक सामाग्री,बाल विकास कक्षाकोठा व्यवस्थापनमा सहयोग मार्फत सिकाई उपलब्धी बढाउन, महिलाहरुमा रुपान्तणीय शिक्षा, सीपप्रदान, क्षमता तथा उद्यम विकास मार्फत सामाजिक र आर्थिक पुँजीबृद्धि, खानेपानीबाट बञ्चित भएका समुदायमा खानेपानी सेवा सफलतापुर्वक कार्यसम्पादन गरी सामाजिक विकासको एक सबल र सक्षम संस्थाको पहिचान सहित सामुदायिक विकासमा कार्य गर्दै आएको अध्यक्ष रेष्टन कडेलले बताउनुभयो ।

संस्थाले स्थापना भएको शुरुका दिनहरुमा जिल्लाका विभिन्न ठाउँमा बिभिन्न स्वास्थ्य आँखा शिविर, स्त्रीरोग,आँखा शिविर,समुदायको स्वास्थ्य, सामाजिक योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने,सरसफाई कार्यक्रम तथा विपन्न महिला एवं पिछडिएका व्यक्तिहरुलाई लक्षित आयआर्जन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको संस्थापक उपाध्यक्ष कपिलदेव सापकोटाले बताउनुभयो।

संस्थाले गरेका गतिविधीहरुबारे अधिकारवाला तथा आम जनता एवं लक्षित बर्गको स्वामित्व र भूमिका बढाउने, संस्थाले उत्तरदायित्व बहन गर्न, जवाफदेहिता, पारदर्शिता कायम गर्न तथा असल शासन बसाल्न सहयोग गर्न, आफुले संचालन गरेका गतिविधिहरु सार्वजनिकिकरण गर्ने, सबै पक्ष बिचमा समिक्षा गर्ने मुल्याङ्कन गर्ने र पृष्ठपोषण लिन सामाजिक परिक्षणको कार्यलाई निरन्तरता दिंदै आएको छ ।

संस्थाले हाल बिभिन्न विकास साझेदार निकायहरु र स्थानीय तहसँगको साझेदारीतामा शिक्षा, जिविकोपार्जन, खानेपानी तथा स्वास्थ्य,अधिकार, निर्माण र सुशासन, बिपद् व्यवस्थापन बिषयगत क्षेत्रमा कार्य गर्दै आएको प्रयास नेपालका सचिव वीर बहादुर श्रेष्ठले बताउनु भयो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्