धादिङका नवराज श्रेष्ठ नारायणी नदीमा बेपत्ता

नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङका एक किशोर बेपत्ता भएका छन्।

शुक्रबार बेलुकी नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ कुजौलीघाट स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा धादिङको नीलकण्ठ नगरपालिका–९ का १६ वर्षीय नवराज श्रेष्ठ बेपत्ता भएका हुन् ।

पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको अवस्था अहिलेसम्म पनि अज्ञात रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

पौडी खेल्दा बेपत्ता भएको स्थान र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा उनको खोजी कार्य तीव्र पारिएको उहाँले बताउनुभएको छ।चितवन बस्दै आएका श्रेष्ठ ४ गते शुक्रबार देवचुलीस्थित आफन्तको घरमा गएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्