नीलकण्ठ र गोरखा नगरपालिकाबीच संयुक्त बैठक बारपाकमा सम्पन्न, यस्ता छन् ३ वटा महत्वपुर्ण निर्णय

धादिङको नीलकण्ठ नगरपालिका र गोरखाको गोरखा नगरपालिकाबिचको संयुक्त बैठक गोरखा जिल्लाको सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाकमा सम्पन्न भएको छ ।नीलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना भए अनुसार सिकाई आदान प्रदान गर्ने उदेश्यले बैठक आयोजना गरीएको हो ।

No description available.

विपद् व्यावस्थापन,पर्यटन,सुचना प्रविधि लगायतको क्षेत्रका सिकाई आदान प्रदान गर्ने उदेश्यले दुई नगरपालिकाका कार्यपालिकाबिच सिकाई आदान प्रदान गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।गोरखा नगरपालिकाका मेयर राजन राज पन्तको अध्यक्षतामा सम्पन्न भएको संयुक्त बैठकमा नीलकण्ठ नगरपालिकाका मेयर तथा नगरपालिका संघका महासचिव भिम प्रसाद ढुंगानाको प्रमुख आतिथ्य रहेको थियो ।

No description available.

नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद पौडेल,गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोइराला,प्रेस युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीको आतिथ्य रहेको थियो।कार्यक्रममा वडा अध्यक्षहरु,कार्यपालिका सदस्य र दुवै नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो।कार्यक्रममा प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले दुई नगरपालिकाबिच विकास निर्माण तथा सिकाई आदान प्रदानमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

No description available.

यसैगरी गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले अहिले स्थापना भएको सम्बन्ध कालान्तर सम्म कायम रहने र दुवै नगरपालिकाको विकासमा एउटा ईट्टा थप्ने काम भएको बताउनुभयो ।बैठकले महत्वपुर्ण ३ वटा निर्णय गरेको छ ।बैठकले नीलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना भए पश्चात दुवै नगरपालिकाले एक अर्कालाई गरेको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा दुई पक्षीय सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ ।

No description available.

यसैगरी नीलकण्ठ नगर पालिकामा (युएसआईडी)को सहयोगमा तयार नेपाल परियोजना मार्फत कार्यक्रम संचालन गरी रहेको उक्त कार्यक्रमलाई आगामी आर्थिक बर्ष २०७९/०८० देखि गोरखा नगरपालिकामा आर्थिक एवं प्राविधिक सहयोग सहित उक्त परियोजनाको सम्पुर्ण क्रियाकलाप सन्चालन गर्न अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।बैठकले नीलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाको आ–आफ्नो पहिचानका ऐतिहासीक सांस्कृतिक एवं पुरातात्तीक प्रकृतिका परिचयात्मक प्रतिमुर्तीहरु आ–आफ्नो पर्यटकीय स्थलमा पहिचान झल्कने गरि स्थापना गर्ने निर्णय गरेको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्