नारायणीमा डुबेर बेपत्ता धादिङका नवराज श्रेष्ठको शव फेला

धादिङ,०७ चैत।

नवलपरासीको देवचुली नगरपालिका–१७ कुजौलीघाटस्थित नारायणीमा डुबेर बेपत्ता भएका किशोरको शव फेला परेको छ।

शुक्रबार बेलुकी होली खेलेर नारायणी नदीमा नुहाउने क्रममा बेपत्ता भएका धादिङको नीलकण्ठ नगरपालिका–९ का १६ वर्षीय नवराज श्रेष्ठको शव आज बिहान फेला परेको हो।

श्रेष्ठको शव बेपत्ता भएको स्थानभन्दा २० मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा किशोरका आफन्तले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
खोजिकार्य गर्दै जाँदा डुबेर बेपत्ता भएको चारदिन पछि शव भेटिएको हो ।

शवलाई परीक्षणका लागि अस्पतालमा ल्याउने तयारी भइरहेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।चितवन बस्दै आएका श्रेष्ठ ४ गते शुक्रबार देवचुलीस्थित आफन्तको घरमा गएका थिए।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्